दफा १७
खरिद गरेको वस्तु फिर्ता गर्न सक्ने
: (१) प्रत्यक्ष बिक्रेता वा वितरकबाट खरिद गरेको वस्तुको मूल्य, गुणस्तर, परिमाण वा उपयोगितामा चित्त नबुझेमा उपभोक्ताले त्यस्तो वस्तु खरिद गरेको मितिले तीस दिनभित्र सम्बन्धित प्रत्यक्ष बिक्रेता वा वितरकलाई फिर्ता गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम उपभोक्ताले खरिद गरेको वस्तु फिर्ता गरेमा इजाजतपत्रवाला तथा वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरकले वस्तु बिक्री वा वितरण गर्दाका बखत लिई सकेको सेवा शुल्क र कानून बमोजिम लाग्ने कर कट्टी गरी बाँकी रकम फिर्ता गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम कर कट्टी गरेको रकम सम्बन्धित कर कार्यालयमा दाखिला गर्नु पर्नेछ ।
(४) उपभोक्ताले खरिद गरेको वस्तु फिर्ता सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।